July 14, 2026

कृष्ण अधिकारी

भदौ २४

लामो समयदेखी दाङमा कार्यथलो बनाएर दाङको तुलसीपुरमा गगन फार्मेसी सङ्गै नेपाली साङ्गीतिक क्षेत्रमा चम्किलो तारा जस्तै चम्कीरहेका गणेश गगनको नयाँ साङ्गीतिक कोसेली ‘टोट्क्या सल्ला’ सार्बजनिक भएको छ | यसभन्दा अघि गायक डाँगीले दर्जनौं गीतमा आवाज सहित शब्द संगै एरेन्ज गरेका छन |

गणेश डाँगी गगन नामक युटुबबाट सार्बजनिक गरिएको गीतमा पि एन साईला,रमेश डाँगी,निर्मला देबि बस्नेत,देबि बस्नेत,लिला कवर,हेमराज डाँगी, दिप श्रेष्ठ ,सरिता बुढाथोकी , मन्जु थापा र गणेश डाँगी (गगन)को स्वर रहेको छ भने एरेन्ज/रेकर्ड /मिक्सिङ हेमराज डाँगीले गरेका हुन |

दाङ जिल्लाको शान्तिनगर ३ पातेटाकुरामा सुटिङ गरिएको टोट्क्या सल्ला नामक झ्याउरे गीतमा
अभिषेक मल्ल , अर्जुन रोका,दिप श्रेष्ठ ,शुलभ पौडेल, गणेश डाँगी गगन,शाखिरा मगर,सुरक्षा मगर,तारा केसी,बिमला मगर,हिरा ठकुरी सहित हास्य कलाकार कृष्ण डाँगी , पूर्ण केसी,होताराम ओलीले अभिनय गरेको गीतमा निर्देशन,कोरियोग्राफी,कलर तथा सम्पादन अभिषेक मल्लले गरेका हुन |
गीत श्याम चौधरीले खिचेका हुन भने भने ड्रोन महेश कुसुम्याले चलाएका थिए साथै गीतको भिडियो तयार पार्ने क्रममा फुटेज कलेक्सन खकेन्द्र केसी गरेका हुन |

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *