July 13, 2026


लक्ष्मण बस्नेत
२४ भदौ दाङ ।
सल्यान, जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
काभ्रा फुटबल क्लब त्रीवेणी १ सल्यानको आयोजनामा त्रीवेणी ३ रिखे बजार खेल मैदानमा संचालन हुने प्रतियोगिता आउदो भदौ १२ गते देखि सुरु हुने क्लबका अध्यक्ष लेखनाथ महरले जानकारी दिनु भएकोछ ।
फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा जिल्लाका १० बढी टिमको सहभागिता रहने अध्यक्ष महरले जानकारी दिनुभयो।
असोज १७ गते सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख,कप,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिम लाई नगद ५० हजार हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ ।
जसअनुसार बेष्ट प्लेयर हुने खेलाडी लाई नगद ३ हजार,ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै बेष्ट किप्पर र हाई स्कोरर लाई नगद दुई/ दुई हजार,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव तथा प्रतियोगिताका संयोजक पुष्पकमल विष्टले जानकारी दिनु भएकोछ ।
असोज ५ गते सम्म टिम दर्ताका लागि अन्तिम समय सिमा तोकिएको प्रतियोगितामा सहभागि हुने टिमका लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ राखिएकोछ । यसैबिच प्रतियोगिताको तयारी लाई तिव्र पारिएको आयोजकले बताएकोछ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *