July 13, 2026

कृष्ण अधिकारी ,तुलसीपुर २२ भदाै ।
नेकपा (बहुमत) ५ नम्बर ब्युरोले दाङकाे तुलसीपुर लगायत लुम्बिनी प्रदेश भर बिराेध स्वरुप मशाल जुलुस निकालिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र संसद डिभि भनिने धन बहादुर केसी लाई कारबाहीको माग गर्दै प्रदेश भर मशाल जुलुस निकालिएको हो । देशभर `भष्टाचार बिरुद्ध जनएकता अभियान ´ घोषणा गरको उक्त पार्टीले भष्टाचारी र दलाल तस्करहरुका बिरुद्वमा विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएको छ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)दाङका सेक्रेटरी अमर खड्काकाे नेतृत्वमा दाङको तुलसीपुरमा निकालिएको मशाल जुलुस अरनिको मैदानदेखि सुरु गरि बिपी चाेकमा आएर समापन गरिएको थियो । काेणसभालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)दाङका सेक्रेटरी अमर खड्काले सम्बाेधन गर्नुभएको थियाे । सम्बाेधन गर्दै यस्तो छ मन्त्री र सांसदलाई कारबाहीको माग गर्नुको कारण श्रीमतीसँगको अंश मुद्दामा डिबि भनिने रुकुम पुर्वबाट निर्वाचित प्रदेश सांसद धन बहादुर केसीले किर्ते गरेको अभियोगमा ३२ वर्ष पहिले अदालतले उनलाई दोषी ठहर गरेपछि उनी फरारको सूचिमा रहँदै आएका छन्। हाल सरकारको नजरमा फरार सूचीमा पर्दै आएका डिबि भनिने सांसद धन बहादुर केसी सरकारी कागजात किर्ते गरेको अभियोगमा दोषी ठहर गर्दै रुकुम जिल्ला अदालतले २०४८ सालमा फैसला गरी एक वर्ष कैद दुई हजार जरिवाना तोकीएका ब्यक्ति हुन भने मन्त्री बादसाह कुर्मी नेपालगन्ज कि निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपित हुन । हाल लुम्बिनी प्रदेश सरकारमा वन तथा बाताबरण मन्त्री रहेका मन्त्री कुर्मिलाइ गृहमन्त्रालयको सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितीले दोषी किटान गरेको हो। संसद केसी पक्राउ र मन्त्री कुर्मिलाइ बर्खास्तको माग गर्दै नेकपा (बहुमत)ले मशाल जुलुस निकालेको बताउनुभएको हो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)दाङले प्रदेशभर मशाल जुलुस निकाल्ने क्रममा दाङको चनौटामा , रुकुम पश्चिमको मुसिकोट खलंगामा , अर्घाखाँचीको सन्धिखर्क लगाएतका जिल्लाहरुमा मशाल जुलुस निकालिएको हो । यसअघि उक्त पार्टीले लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र सहित जनप्रदर्शन र प्रदेशभरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाई सकेकाे छ भने (आज) बिहिबार मशाल जुलुस सम्पन्न गरेको छ । उक्त पार्टीले भाद्र २१ गते देखि सवारी साधन आवतजावतमा अनिश्चितकालीन रोक लगाईने यस अघि भाद्र १७ गते पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । थर्कोट.कम .एन्न्पि बाट साभार

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *