July 12, 2026

काठमाण्डौं, १८ श्रावन ।  काठमाण्डौको सिनामंगलमा रहेको एक गेस्ट हाउसमा पुरूष र महिला मृत भेटिएका छन् । दिउँसो होटलका कामदारले खाना खाने वा नखाने भन्ने बुझ्न जाँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका खोल्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा शव फेला परेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । मृतकहरु बाजुरा त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *