July 12, 2026

काठमाण्डौं, १७ श्रावन ।  काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको हो । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जितेको हो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । आजै अर्को खेलमा बेलुकी सवा ६ बजे इरान र भारत खेल्दैछन् । अब नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २ गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *