July 12, 2026

बाँके साउन १७
बुधवार भएको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिका–६ स्थित दोन्द्रा खोलामा फसेका व्यक्तिहरूको उद्धार गरिएको छ । प्रहरीले राप्तीसोनारी गाउँपालिका–७ बस्ने ५० वर्षिय कुल बहादुर थारुको उद्धार गरिएको हो ।

खोला तर्ने क्रममा उक्त खोलाको बिच जँघारमा फसेको भनि खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलिले थारुलाई उद्धार गरेको छ ।

सोही क्रममै खोलाको डिलमा बसेर हेर्दै गरेका सोही ठाउँ बस्ने ४८ वर्षिय सहजराम मौर्य र २८ वर्षिय परशुराम यादव उक्त खोलामा खसेको अवस्थामा निज तिनै जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *