September 12, 2026

तुलसीपुर, १७ श्रावन ।  दाङको तुलसीपुरमा घरको सिडिबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–३ घरभई अहिले तुलसीपुर–५ (ङ) लाइनमा कोठा भाडामा बस्दै आएकी ४२ वर्षीया तिला परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान साढे ७ बजेको समयमा आफु बस्दै आएको घरको सिडिबाट लडेर गम्भिर घाइते भएकी तिलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । उपचारकै क्रममा आज बिहान साढे ११ बजेको समयमा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *