July 12, 2026

तुलसीपुर, १६ श्रावन ।  दाङको तुलसीपुरमा विद्युतको पोलमा कार ठोक्किदा दुईवटा पोल ढलेका छन् । तुलसीपुरको बरुवागाउँबाट विरेन्द्र चोकतर्फ आउदै गरेको प्र.३–०१–०२८ च ६९८५ नम्बरको सेतो कलरको कारले बरुवागाउँ नजिकै एउटा पोललाई ठक्कर दिएलगत्तै दुईवटा पोल ढलेको इलका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा पोलले कारलाई च्याप्दा कारमा क्षेती भएको छ भने अर्को पोल सडकमा तेस्रो परेकाले बाटो अवरुद्ध भएको छ । कार चालक तुलसीपुर–६ का ३४ वर्षीय निराजन श्रेष्ठ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *