कृष्ण अधिकारी – साउन /८
यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङ्गको कार्यालयमा सेवामा ढिलासुस्ती भएका कारण सेवाग्राहीहरुले सास्ति भोग्दै आयका छन्। २ दिन देखि सर्बरले काम नगरेको कारण सेवाग्राहीले सास्ती भोग्दै आएको बताएका छन्। कार्यालयमा सेवा लिन आएकाहरु बस्नाकालागी उपयुक्त ठाउ अनि क्रम बद्दता (लाइन ) मा बस्ने ब्यबस्था पनि फितलो रहेको पाईन्छ।
जनताको कुरा नसुनेको र कामलाई छिटो छरितो नगरेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्। साथै कार्यालयमा सेवा अबरुद्द भए नभएको बारे डिजिटल माध्ययम (प्रबिधि )बाट जानकारी गर्ने गरेको भए सेवा लिन आउदा दुख पाउनु पर्ने थिएन भन्दै लमहीबाट सेवा लिन यातायात कार्यालय तुलसीपुर आएका सेवाग्राहिले बताए।
सर्बरले काम नगरेका कारण समस्या आयको र कहिले समाधान हुन्छ भन्ने यकिन नभएको कार्यालय प्रमुख बिनोद कुमार पौडेल ले जानकारी दिएका छन्।
