July 10, 2026

तुलसीपुर, ४ श्रावन ।  दाङको दंगीशरणमा मोटरसाइकल पल्टिदा एकजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर–२ कुमलगडी निवासी २५ वर्षीय कुमार चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार दंगीशरण–५ को मिरौलीबाट हेकुलीतर्फ जादै गरेको रा ४ प २७३४ नम्बरको मोटरसाइकल गएराती करिब १ बजेको समयमा मिरौली नजिकै आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ l

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *